गौशालामा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, दुई घाईते

रेडियो गौशाला , ४१५२  पटक हेरिएको

गौशाला । महोत्तरीको गौशालामा मोटरसाईकले साईकल यात्रिलाई ठक्कर दिंदा एकको मृत्यु भएको छ भने दुई घाईते भएका छन् ।

गौशला–सम्सी सडक खण्ड आन्तार्गत गौशाला नगरपालिका वडा नम्वर २ मावि निगौल विधालय नजिक वुधारबार साँझ तिर प्रदेश २ ०–००१ प ४२५१ नम्मवरको मोटरसाईकलले साईकल यात्रिलाई पछाडि बाट ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमा मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नं. ५ मा बस्ने बिजय कुमार राउतको छोरा वर्ष १७ को सोनु कुमार राउतको मृत्यु भएको छ । त्यस्तै मोटरसाईकलमा सवार रहेका घाईते रामनगर १ का २० वर्षिय मानव भारती रहेका छन भने अर्काे घाईते साईकल यात्रि औरही नगरपालिका ४ वस्ने ६८ वर्षिय सोगार दास रहेका छन् ।

यी दुवै मध्ये भारतीलाई उपचारको लागि जनकपुर रेफर गरिएको छ भने दासको उपचार वर्दिवासमा भईरहेको छ । यता मृत्यकको पोष्टमा्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०९-१४ , समय : ०९:४६:४१ , ७ महिना अगाडि