आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट अफगानिस्तान बाहिरियो ।।

रेडियो गौशाला , ५७४  पटक हेरिएको

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट अफगानिस्तान बाहिरिएको छ ।अष्ट्रेलियाको ब्रिसबेनमा आज भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो । हारसँगै अफगानिस्तान विश्वकपबाट बाहिरिएको हो ।अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य श्रीलङ्काले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।समूह १ मा रहेको श्रीलङ्काको यो दोस्रो जित हो ।श्रीलङ्का ४ खेलमा ४ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : १७:५६:३१ , २ वर्ष अगाडि