एशिया कप फाईनल : श्रीलङ्काली ५० रनमै अल आउट

रेडियो गौशाला , २२५०  पटक हेरिएको

काठमाडौँ : एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेकाे छ ।

काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयाे । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए ।

श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयाे ।

श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् । बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

 

प्रकाशित मिति: २०२३-०९-१७ , समय : १७:३८:५५ , ८ महिना अगाडि