सरकार निर्लज्ज भएर सुन तस्करीलाई जोगाएको एमाले अध्यक्ष ओलीको आरोप

रेडियो गौशाला , ९७०  पटक हेरिएको

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले, ६० केजी सुन तस्करी प्रकरणमा सरकारले निर्लज्ज र बेसरम भएर तस्करीलाई जोगाएको दाबी गरेका छन् ।

आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ताको हितको सबाल बिचार गोष्ठिमा’ उनले सरकारले सुन तस्करी प्रकरणका मुख्य दोषीलाई भगाउन सरकारले मद्दत गरेर निर्रलज्जता देखाएको बताए ।

उनले भने ‘भएको त्यो होनि सरकार त निर्लज्ज भएर बेसरम भएर सुन बुझ्न गएको मान्छेलाई कस्को सुन हो ?के हो ?कहाँबाट आयो ?कसले पैसा हाल्यो ? त्यो कुराको सोधि खोजी नगरी कहाँ लिएर जाँदै थियो त्यो पनि नसोधिकन छोड्यो होला त ?’

उनले भाटभेटेनीका सञ्चालकलाई समातेको तथा कांग्रेसका सांसदलाई विना पूर्जि पक्राउ गरेको भन्दैै थपे, ‘एक सय केजी सुनसहित पक्राउ परेको एउटा सुन बुझ्न आएको मान्छे र लिएर जाने ट्याक्सी ड्राइभर त्यस्ता निश्चित मान्छेहरु थिए उनीहरुलाई राजस्वमा पुर्याएर खोजेका बेला हाजिर हुन्छु भनेर भगाइयो । भगाएकै हो त्यो । नत्र तपाइँहरु अनुमान गर्नुहोस् त मिनबहादुर गुरुङ भाग्छ भनेर समातिने, सुनिल शर्मा भाग्छ भनेर अचानक पक्रिने । सरकारलाई सर्टिफिकेट हेर्न पर्यो रे त्यसकारण माननीय भाग्छ भनेर पूर्जी न आदेश पहिल्यै समात्यो ।’

ओलीले सरकारले तस्करलाई भगाउन सबै व्यवस्था गरेपछि सबै मिलाएपछि जाँच गरेको जस्तो देखाएको भन्दै थपे ‘अनि सुन तस्कर चाँही भाग्दैन, परेको बेलामा हाजिर हुन्छु भनेर छोडियो । आजदेखि पर्सि सम्म सबै मिलाइ सकेपछि मान्छे भाग्ने भागिसके सीमा काट्ने काटिसके, लुकाउने कुरा लुकाइसकियो पर्सि पल्ट गएर छापा मारेर ६५ ओटा खाली बक्सा जसमा बोकिएको थियो ।सामान ति ६५ बाकस भेटिए तर खाली तीन दिनपछि जाँदा ड्राइभर र सुन बुझ्न जाने मान्छेलाई छोड्दिएर ल गएर सबै भगाउ मिलाउ सबै लुकाउ भनेर पठाएपछि अनि भेटिन्छ ?

प्रकाशित मिति: २०२३-०९-१७ , समय : २१:५२:४४ , १ वर्ष अगाडि