संविधान दिवसको अवसरमा महोत्तरीबाट १३ जनाको कैद माफी मिनाहा

रेडियो गौशाला , २२९१  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । संविधान दिवसको अवसरमा आज महोत्तरी जिल्ला कारागारबाट १३ जना कैदीको कैद माफी गरिएको छ ।

विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ५० प्रतिशत कैद अवधि पुरा गरेको १२ जना र ४० प्रतिशत कैद अवधि पुरा गरेको १ जना गरी जम्मा १३ जना कैदिको कैद संवैधानिक व्यवस्था अनुसार सरकारले माफी मिनाहा गरेकोले रिहा गरिएको कारागार कार्यालय महोत्तरीले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी गरिएकोमा महोत्तरी कारागारबाट १३ जना कैदीको कैद माफी भएको कारागार कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-२० , समय : १२:१४:३१ , ५ महिना अगाडि