आधारभूत स्वास्थ्य सेवा केन्द्र बटौवाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान

रेडियो गौशाला , ३३८५  पटक हेरिएको

गौशाला । गौशाला नगरपालिका वडा नं. १० मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र बटौवाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक वडा स्तरीय समिक्षा गोष्ठी कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ ।

गोष्ठीमा महिला स्वास्थ्य स्वयंसेविकहरुलाई उत्कृष्ट कार्य र सेवाग्राहीहरुको मन जित्न सफल भए पछि स्वास्थ्य सेवा केन्द्र बटौवाले बबिता कुमारी महतो, बुद्ध माया बिस्वकर्मा, जुना पुर्बछाने, रामपरी साह र बिनिता भण्डार्रीलाई प्रशंसापत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै गौशाला नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र बटौवाका व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुमार महतोले सेवा केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवा घर घरमा पु¥याउन स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘तपाइँहरूको भूमिकाको उच्च मूल्यांकन गर्दै यो विशेष अवसरमासम्मान गरिएको हो । आगामी दिनमा पनि तपाइँहरूबाट प्रवाह हुने सेवा अझ नागरिकमुखी हुने विश्वास लिएका छौं ।’

प्रकाशित मिति: २०२३-०९-२२ , समय : २३:१२:५२ , ५ महिना अगाडि