मधेश : भारतीय नागरिकको हत्या

रेडियो गौशाला , ५१४  पटक हेरिएको

गौशाला । बारामा एक भारतीय नागरिकको गोली प्रहार गरी हत्या भएको छ ।

बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियास्थित पोखरी नजिकै एक भारतीय नागरिकको गोली प्रहार गरी हत्या भएको हो ।

भारतको मोतिहारी जिल्ला दर्पा थाना–१, सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहका छोरा २२ वर्षीय अजितकुमार सिंहको हत्या भएको हो। मंगलबार साँझ ६ः१० बजे नेपाल–भारत सीमाभन्दा करीब सात सय मिटर वर उनको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई वटा अन टेस्ट मोटरसाइकलमा एकै ठाउँका २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी नेपाल प्रवेश गरेका थिए। तीमध्ये सुजितकुमारले अजितकुमारलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेर भागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

घटनास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरिएको उनले बताए। घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको र थप अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०९-२७ , समय : ११:२८:५१ , ५ महिना अगाडि