मधेशमा भोली सार्वजनिक बिदा

रेडियो गौशाला , १०३५  पटक हेरिएको

गौशाला । मधेस प्रदेश सरकारले ‘पैगम्बर मोहम्मदको जन्म दिन’को अवसरमा बिहिबार सार्वजनिक बिदा दिएको छ ।

मुस्लिम समुदायहरुको विशोष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिन’को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मधेश प्रदेश सरकारबाट मिति २०७९/१२/०९ गतेको निर्णय भएकोले ‘पैगम्बर मोहम्मदको जन्म दिन’ २०८० असोज ११ गते बिहिबारका दिन परेकोले मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका नि.प्रदेश सचिवले ‘पैगम्बर मोहम्मदको जन्म दिन’को अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

प्रकाशित मिति: २०२३-०९-२७ , समय : १५:२५:०४ , ५ महिना अगाडि