पर्यटन दिवसमा वीरगञ्ज नाकामै पर्यटकको स्वागत

रेडियो गौशाला , ८००  पटक हेरिएको

वीरगञ्ज । विश्व पर्यटन दिवसको अवसरमा आज वीरगञ्ज नाकाबाट भित्रिएका पर्यटकलाई स्वागत तथा सम्मान गरिएको छ ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्ज, अध्यागमन कार्यालय वीरगञ्ज र पर्यटन प्रहरीले संयुक्तरूपमा वीरगञ्ज नाकास्थित शङ्कराचार्य गेटबाट नेपाल भित्रिएका पर्यटकलाई स्वागत तथा सम्मान गरेको हो ।

वीरगञ्ज नाकाबाट नेपाल भित्रिएका भारतको गोपालगञ्जका चार जना पर्यटकलाई शङ्कराचार्य गेटमा माला, खादा र टीका लगाएर स्वागत गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिनुभयो ।

नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये पर्यटन क्षेत्र एक भए पनि स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माणमा खासै ध्यान नदिइएको पर्यटन व्यवसायीको गुनासो छ ।

नाकामा पर्यटकलाई स्वागत गर्न पुगेको टोलीमा सङ्घका अध्यक्ष तथा होटेल व्यवसायी महासङ्घ नेपालका सचिव पन्त, सङ्घका वरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधव बस्नेत, सदस्य कुवेर कार्की, हीरा श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०९-२७ , समय : २२:२५:४२ , ९ महिना अगाडि