विप्लव नेकपाले गर्‍यो निर्वाचन विरोधी कार्यक्रमको घोषणा

रेडियो गौशाला , १०७८  पटक हेरिएको

काठमाडौं : काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन विरोधी कार्यक्रम गर्ने घोषणा गरेको छ । मंगलबार प्रज्ञा प्रतिष्ठान भवनमा भर्खरै सकिएको ९औं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यस पार्टीले निर्वाचनविरुद्ध लाग्ने घोषणा गरेको हो ।

देश चुनावमय भइरहेका बेला यस पार्टीले देशव्यापीरूपमा चुनावको भण्डाफोर, पर्चा वितरण, जुलुस गर्ने भएको हो । यस्तै जनतालाई लुटेराहरूको चुनावमा भाग नलिन अपिल गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति: २०२२-११-०२ , समय : ०८:३१:३७ , २ वर्ष अगाडि