गौशाला नगरपालिकामा जितिया पर्वको अवसरमा सार्वजनिक बिदा

रेडियो गौशाला , ५६२९  पटक हेरिएको

लभ ठाकुर, गौशाला । महोत्तरीको गौशाला नगरपालिकाले जतिया पर्वको अवसरमा असोज १९ गते शुक्रबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ ।

गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै हिन्दु धर्मालम्वीहरुको महान पर्व जितिया पर्वको शुभ अवसरमा यस नगरपालिकाको कार्यालय, विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा कार्यरत मिहिला कर्मचारीहरुलाई विदा दिइएको बताएको छ ।

साथै, पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा नगर प्रमुख महतोले शुभकामना व्यक्त गरे।

प्रकाशित मिति: २०२३-१०-०५ , समय : २०:१८:१६ , ५ महिना अगाडि