गौशाला : रकम लुटपाट गरेको आरोपमा एकजना पक्राउ

रेडियो गौशाला , २४७५  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशालाबाट रकम लुटपाट गरेको आरोपमा एकजना पक्राउ परेको छ ।

गत असोज ७ गते बैंकबाट पैसा निकालेर घर फर्किन क्रममा गौशाला नगरपालिका ११ भरतपुर बस्ने शम्भु महतो र उनकी श्रीमती सुर्जकला देवी महतोको साथबाट ६ लाख ३६ हजार रुपैयाँ लुटपाट भएको थियो । ओखलढुंगामा रहेका ज्वाइँले एनआइसी एसिया बैंकको गौशाला शाखामा महतोलाई रकम पठाएको थियो रकम निकालेर घर फर्किने क्रममा गौशाला बजार बाटै रकम लुटपाट गरिएको थियो ।

पक्राउ पर्नेमा सर्लाहीको मलगवा नगरपालिका ५ मा बस्ने २९ बर्षिय रमेश सहनी रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले जनाएको छ ।

सहनीलाई गौशाला नगरपालिका ७ को सीमामा पर्ने वाँके खोलाबाट नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेको सहनीमाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१०-१८ , समय : १९:३३:४५ , ४ महिना अगाडि