आजदेखि सरकारी कार्यालय ४ बजे बन्द हुने

रेडियो गौशाला , २३९३  पटक हेरिएको

काठमाडौं : आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने भएका छन् ।

तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको छ । जसअनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म बिहा न १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन् ।

यो अवधिमा शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछन्। वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म बिहान १० देखि अपरान्ह ५ बजेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ४ बजेसम्म तोकिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०२२-११-०२ , समय : ०९:१२:२० , १ वर्ष अगाडि