गाैशाला – ७ मा माेटरसाईकलकाे ठक्करबाट घाइते भएका बालकको मृत्यु

रेडियो गौशाला , २६२९  पटक हेरिएको

गाैशाला । महाेत्तरीकाे गाैशाला नगरपालिका ७ मा माेटरसाईकलकाे ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । गाैशाला नगरपालिका ७ स्थित जमुनियामा गत असाेज ३० गते मंगलबारका दिन माेटरसाईकलकाे ठक्करबाट घाइते भएका बालकको उपचारकाकाे क्रममा मृत्युु भएको हाे ।

मृत्युु हुनेमा गाैशाला ७, जमुनिया बस्ने मनाेज राउतकाे ७ वर्षिय छाेरा अनुराग राउत कुर्मीकाे विराटनगरकाे न्युराे अस्पतालमा उपचारको क्रममा मृत्युु भएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक मनाेज कुमार यादवले बताए ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको वि.आर. ३० डबलु. १७७४ नम्बरको माेटरसाईकलले ठक्कर दिदाँ बालक घाइते भएका थिए । घाइते बालकको टाउको र शरिरकाे विभिन्न भाग गम्भीर चाेट लागेकाे थियोे ।

यता माेटरसाईकल चालक गाैशाला नगरपालिका ७ मनहरवा टाेल बस्ने बिहारी यादवको छाेराे वर्ष २१ काे संजित यादवकाे टाउको, हात र खुटा चाेट लागि घाइते भई उपचारको लागि भारत तर्फ गएको र सम्पर्कमै रहेको निरिक्षक यादवले जनाए ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१०-२१ , समय : ०८:०१:१६ , ४ महिना अगाडि