सप्तरीमा मोटरसाइकल दुर्घटनामा परी साहको मृत्यु

रेडियो गौशाला , ३१३१  पटक हेरिएको

राजविराज । सप्तरीमा मोटरसाइकल दुर्घटनामा शुक्रबार राति एक युवकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा बोदेबरसाइन नगरपालिका १ का ३५ वर्षीय रेमन्त साह छन् ।

राजविराजबाट पश्चिमतर्फ गइरहेको स १०प ४७२ नम्बरको मोटरसाइकल शुक्रबार राति १० बजेको समयमा हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा साह घाइते भएका थिए । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१०-२१ , समय : १३:५६:३६ , ४ महिना अगाडि