मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

रेडियो गौशाला , १०८७  पटक हेरिएको

File Photo

वीरगञ्ज- मोटर साइकल दुर्घटनामा परी बारामा एक प्रहरी जवानको मृत्यु भएको छ।

कञ्चनपुरको भिमदत्त नगरपालिका- ११ घर भई ईलाका प्रहरी कार्यालय निजगढ, बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको दुर्घटनामा मृत्यु भएको हो।

ड्युटीको सिलसिलामा जितपुर सिमरा उपमहानगरपालिका- १६ ग्रिनलाइट होटल अगाडि उनले चलाएको ज.१२.प ७१५४ नम्बरको मोटर साइकल.अनियन्त्रीत भइ दुर्घटना हुँदा उनी घाइते भएका थिए।

सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार पश्चात् थप उपचारको लागि एलएस न्युरो अस्पतालमा लगिएकोमा मृत्यु भएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति: २०२३-१०-२९ , समय : ०८:२४:५१ , २ वर्ष अगाडि