वडा नंम्बर ९ र १ को चुनाब प्रचार प्रशार परिचालन समितीको संयोजकमा यादब र मगर सर्बसहमतीबाट चयन ।।

बिष्णु यादब,गौशाला , १८९१  पटक हेरिएको

गौशाला: नेकपा ऐमाले र जनता समाजबादिपार्टि गौशाला नगरकमीटिले वडा नंम्बर ९ को चुनाब प्रचार प्रशार परिचालन समितीको संयोजकमा शिबशरण यादबलाई स्थान दिएको छ भने वडा नंम्बर १ मा धनबहादुर समाल मगरलाई सर्बसहमतीले संयोजकमा स्थान दिएको छ ।
यादब र मगर आ–आफ्नो वडामा निकै लोकप्रिय र सर्बसाधारणसंग पहुच भएको हुनाले दुई दलिय गठबन्धनले वडाको सम्पुर्ण जिम्मा दिएको नेकपा ऐमाले गौशाला नगर कमिटिका अध्यक्ष अजय सिंह कुशवाहाले जनाईएको छ ।
चुनाब नजिकिएको हुदा नगरको सबै वडामा चुनाब प्रचार प्रशार परिचालन समितीको संयोजक चयन गरीने अध्यक्ष कुशवाहाले बताए ।
एता नगरको सम्पुर्ण कार्यकर्ताहरुको सर्बसहमतीबाट जिम्मा पाएको र ईमान्दारीतासाथ आफ्नो कर्तब्य लगनशिलताका साथ पालनगर्ने यादब र मगरले भने ।

प्रकाशित मिति: २०२२-११-०२ , समय : १२:१३:४३ , २ वर्ष अगाडि