सिमरास्थित सेजमा उद्योगलाई आकर्षित गर्न थप सहजीरकण गरिने

रेडियो गौशाला , १७६७  पटक हेरिएको

बारा-  सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेजमा) उद्योगलाई आकर्षित गर्न थप सहजीरकण गरिने भएको छ ।

सेजमा उत्पादन भएका वस्तुलाई ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्थालाई घटाएर ३० प्रतिशतमा झार्ने र जग्गाको भाडा पनि प्रति स्क्वायर मिटर २० रुपैयाँबाट १० रुपैँयामा झार्ने तयारी सरकारले गरेको छ । बिशेष आर्थिक क्षेत्र सिमरा सेजको स्थलगत अनुगमनको क्रममा उद्योगमन्त्री रमेश रिजालले सेजमा उद्योगको आकर्षण बढाउन निर्यातलाई ३० प्रतिशतमा र भाडादर पनि २० रुपैयाँ प्रति वर्गमिटरलाई आधा घटाएर १० रुपैयाँमा झार्ने तयारी भएको बताउनुभएको हो ।

अहिले यहाँ स्थापना भएका उद्योगले कम्तिमा ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था छ । यसमा सहजीकरण गर्न सरकार तयार रहेको तर भारतीय कामदार ल्याएर लगाउने नभै यहाँका मान्छेले काम पाउनुपर्यो, नेपाली जनताले काम पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

८ सय ३३ बिगाहा क्षेत्रफलमा रहेको सिमरा सेजमा ५ ब्लक रहेका छन् । जसमध्ये ए ब्लकमा २१ उद्योगहरुले कारखाना संचालनका लागि धमाधम पुर्वाधार निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति: २०२३-१०-३१ , समय : ०८:२४:३० , ४ महिना अगाडि