कांग्रेसमा फेरि चुनाव

रेडियो गौशाला , ८२९  पटक हेरिएको

जनकपुरधाम । नेपाली कांग्रेसमा फेरि चुनावी प्रक्रिया सुरु भएको छ । गत वर्ष निर्वाचन हुन बाँकी रहेका पदहरुको चुनावी प्रक्रिया कात्र्तिकको मध्यमा हुन लागेको छ ।

कांग्रेसको विभिन्न जिल्लाहरुमा महासमिति, महाधिवेशन र अन्य पदहरुको निर्वाचन हुन बाँकी रहेका छन् । चुनाव हुन नसकेका पदहरुको लोकतान्त्रिक विधि अनुसार पूरा गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले रिक्त रहेका पदहरुमा निर्वाचन गराउन ललित कुमार झालाई जिल्ला निर्वाचन अधिकृत चयन गरेका छन् ।

कात्र्तिकको १७ गतेदेखि २२ गतेसम्म आवश्यकता अनुसारको पदमा निर्वाचन गराउन समय सीमा तोकिएको छ । यसैगरि महोत्तरी जिल्लाका सभापति नागेश्वर यादवले पनि चुनावका लागि विजय ठाकुरलाई जिल्ला निर्वाचन अधिकृत तोकेका छन् ।

अन्य दलहरुले संगठन विस्तार र सुदृढीकरण अभियान चलाइरहेका बेला कांग्रेसले रिक्त रहेका पदहरुमा चुनाव गराउन थालेको छ ।

प्रकाशित मिति: २०२३-११-०४ , समय : १०:३८:५७ , ४ महिना अगाडि