महोत्तरीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु

रेडियो गौशाला , ३९८९  पटक हेरिएको

महोत्तरी- महोत्तरीमा ट्याक्टर पल्टिदा चालकको ज्यान गएको छ ।

ज्यान जानेमा ट्याक्टर चालक महोत्तरीकै पिपरा गाउँपालिका ६ का ३६ वर्षीय रामगुलाम यादव रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए । उनका अनुसार प्रदेश २–०२–००१ त १९६९ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमरपुराको बिगही नदीको किनारमा पल्टिदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-११-०४ , समय : ११:०९:२२ , ४ महिना अगाडि