नेपालमा भूकम्प : भारतीय प्रधानमन्त्री मोदीले दिए सहयोग गर्नेे आश्वासन

रेडियो गौशाला , १८५५९  पटक हेरिएको

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले नेपाली जनताको दुःखमा भारत पनि सँगै उभिएको बताउँदै सम्भव भएसम्मका सबै सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।

उनले भूकम्पबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले यस्तो धारणा राखेका हुन् । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या डेढ सय नाघिसकेको छ ।

प्रकाशित मिति: २०२३-११-०४ , समय : ११:१०:३९ , ८ महिना अगाडि