नेपाल रेलवेले किचेर एकजनाको मृत्यु, शरीरको दुई टुक्रा

रेडियो गौशाला , ३८६१  पटक हेरिएको

गौशाला । नेपाल रेलवेले किचेर आज मंगलबार बिहानै एकजनाको मृत्यु भएको छ ।

धनुषाको बिदेह नगरपालिकाको ईटहर्वा र दुहबीको बिचको बैदेही स्टेशनमा रेलले किचेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन ।

मृत्यु हुनेमा भारत बिहार मधुवनी जिल्ला बेल्हीको अन्दाजी वर्ष ५५ को विन्देश्वर दासको रहेको भएको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए । बिहान ८ः ४० बजे जनकपुरधामबाट जयनगरको लागि छुटेको रेलले किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लिक पार गर्न खोज्दा रेलले किचेर दासको भएको छ ।

प्रकाशित मिति: २०२३-११-१४ , समय : १४:००:५८ , ७ महिना अगाडि