गृह जिल्लामा क्रिकेटर गुल्सन झालाई अभिनन्दन

रेडियो गौशाला , ६५७८  पटक हेरिएको

सर्लाही- नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी गुल्सन झालाई नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले सोमबार गृह जिल्लामा अभिनन्दन गरिएको छ ।

नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाएर क्रिकेटमा अलराउण्डर बनेका झालाई प्रोत्साहनस्वरुप सदरमुकाम मलङ्गवामा अभिनन्दन गरीएको हो ।

सदरमुकाम मलङ्गवा नगरपालिका–८, मा बसोवास गर्दैआएका उनको परीवार चक्रघट्टा गाउँपालिका–७, सगरदिना स्थायी घर भएका हुँन।पछिल्लो पटक भएका क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गरेर देशको गरीमा राखेको हुनाले उनको योगदानको कदर गरी थप हौसला प्रदान गर्न क्रिकेटर झालाई अभिनन्दन गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताए।

सम्मान कार्यक्रममा अध्यक्ष क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२३-११-१४ , समय : १६:१८:१४ , ७ महिना अगाडि