रेडियो गौशाला , ३०११५ पटक हेरिएको
काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकाले छठ पर्वका लागि जलाशयहरुमा विशेष सरसफाई गरिरहेको छ ।
तराई मधेशमा धुमधामका साथ मनाइने पर्वलाई यस वर्ष स्थानिय सरकारले निकै सहयोग गरेको पाईएको छ ।
गौशाला नगरपालिका आन्तार्गत पर्ने मल्हनिया पोखरी, रजखोर पोखरी, बान्हटोल पोखरी, मरहाखोला गरी नगरपालिकाको १२ वटा वडाहरुमा छठ पर्व मनाउने पोखरीहरु तथा जलाशायहरुको सरसफाई गर्ने सुरु भएको गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले बताए ।
कतिपय पोखरीहरु वर्षभरी सफा नगरिएका कारण झारहरुले पुरै ढाकिएको छ भने कतिपय पोखरीहरुमा जथाभावी फोहोर फालिएकाले दुर्गन्धित गरिए पनि छठमा पोखरीहरुको विशेष सरसफाइ गरि रहेको छ ।
मेयर महतो भन्छन ‘दिपावली र छठमा हामी घरको सफाइ गर्छौ, अब घर मात्रै होइन, टोल सफा राखौं भन्ने नाराका साथ हामी अगाडी बढौ,’ उनले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण र सफाइमा स्थानीयलाई जागरुक बनाउन सरोकारवालाहरुसँग मिलेर पोखरीहरुको सरसफाइ पनि गरिरहेका छौं ।’
विगत साल एउटा जेसीबीले मात्र सरसफाई गरिएको थियो तर नगरपालिका भरिमा सरसफाई गर्न सम्भव नभएका कारण यस वर्ष नगरपालिकाले दुई वटा जेसीबीको व्यवस्था गरेको छ । साथै २४ घण्टै निरन्तर सरसफाई गरिने गरि व्यवस्था समेत गरिएको मेयर महतोले बताए ।
पोखरी सफाई अभियानले छठ पर्व अझै पवित्र र मर्यादित ढंगले मनाउन लाभदायक हुने उनको विश्वास छ ।
प्रकाशित मिति: २०२३-११-१५ , समय : १०:२९:२९ , १० महिना अगाडि