मेयर र उप–मेयरद्धारा संयुक्तरुपमा वडा कार्यालयको भवनको सिलान्यास

रेडियो गौशाला , २०७२  पटक हेरिएको

गौशाला । महोेत्तरीको गौशाला नगरपालिका वडा नं. ४ का वडा कार्यालय भवनको सिलान्यासस गरिएको छ ।

गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतो र उप–मेयर रेणु कुमारी महतोले संयुक्तरुपमा वडा कार्यालयको भवनको सिलान्यास गरिएको हो । बुधबार एक कार्याक्रमको आयोजना गरी गौशाला नगरपालिका वडा नं. ४ मल्हनिया पोखरीमा दुई तल्ले भवनमा चारवटा कोठाको सिलान्यास भएको छ ।

नगरबाट दश लाख र वडाबाट उनाईस लाख नब्बे हजार गरी जम्मा उन्नतिस लाख नब्बे हजारको लागतमा चार कोठे भवन टेन्डर प्रक्रियाबाट निमार्ण हुने गौशाला नगरपालिकाका ईन्जीनियरले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-११-३० , समय : ०८:५४:१८ , ३ महिना अगाडि