रेडियो गौशाला , १८८२ पटक हेरिएको
जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको दोश्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइएको छ । बुधवार जानकी मन्दिर छेउकै विवाह मण्डपको फुलबारीमा भगवान राम, सीता र लक्ष्मण बिच फुलवारीमा भेटघाट गराइएको छ ।
बालबालिकालाई राम, सीता र लक्ष्मणको स्वरुप बनाइ त्रेता युगमा भएको पहिलो राम र सीताको पहिलो भेट झै फूलबारी लिलामा गराइन्छ ।
Sponsored
राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाका आधारमा फूलवारी लिला कार्यक्रम गर्ने प्रचलन छ । साधुसन्त र मिथिलानीहरुको गितगानका बिच बगैंचामा भगवान राम र जानकीको भेटघाटको दृश्य अत्यन्तै मनमोहक हुन्छ ।
सप्ताह व्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन नगर दर्शन र दोस्रो दिन फुलवारी लिला सम्पन्न भएको छ ।
भोलि बिहीबार तेश्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौ दिन शुभविवाह अर्थात विवाहपञ्चमी र सातौ दिन राम कलेवा गरी विवाहपञ्चमी समापन हुने छ ।
प्रकाशित मिति: २०२३-१२-१४ , समय : ०३:२१:५३ , १० महिना अगाडि