परीक्षा दस्तुर वापत बढी रकम लिएकोबारे सामाजिक संजालमा लेख्दा विद्यार्थी कुटिए

रेडियो गौशाला , २०९४  पटक हेरिएको

राजविराज । विद्यार्थीले सामाजिक संजालमा कक्षा १० को परीक्षा दस्तुर वापत बढी रकम लिएकोबारे लेख्दा विद्यार्थी कुटिएका छन् । सो विरोधमा राजविराजमा विद्यार्थीहरुले प्रदर्शन गरेको छ ।

राजविराज नगरपालिका वडा नम्बर १६ स्थित नरेन्द्र मेमोरियल जनता माविमा अध्यनरत विद्यार्थीहरु बुधबार राजविराजमा प्रदर्शन गरिरहेका छन् । कक्षा १० को परीक्षा दस्तुर वापत परीक्षा नियन्त्रण कार्यालयले रु ५०० तोकेकोमा विद्यालयले रु १ हजारका दरले लिएको विद्यार्थी विशाल यादवले जानकारी दिए ।

उनका अनुसार १ हजार माग्दा आफूहरुले दिएपनि अर्धबार्षिक परीक्षा शुरु भएपछि पुनः रु ४०० मागेको थियो । यो रकम सहयोग वापत दिनुपर्ने प्रअले बताएको कुरा कक्षा १० मा अध्ययनरत विका मण्डल र रोशन साहले सामाजिक संजालमा लेखेका थिए । सोही कारण उनलाई कुटपिट गरेको उनले बताए ।

सामाजिक संजालमा लेखेको भोलिपल्ट परीक्षा दिन आएका विकाश मण्डल र रोशन साहको मोवाइल प्रअले नियन्त्रणमा लिई परीक्षा सकिएपछि कार्यालयमा लिन आउन भने ।
मोवाइल लिन जाँदा दुबैलाई प्रअ रमानन्द सुनरैत, व्यवस्थापन समितिका अध्यक्ष रितेश यादव, शिक्षिका रिता यादवका पति प्रकाश यादव र गाउँकै उमेश यादव मिलेर दुबैलाई कुटपिट गरेको विद्यार्थी विशालको भनाई छ ।

उनले हात, फलामको रड समेतले कुट्दा दुबै घाइते भएका छन् । घाइतेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

घट्नाको बिरोधमा विद्यालयका सम्पूर्ण विद्यार्थी आन्दोलमा उत्रिएका छन् । उनीहरुले केहि बेर राजविराज नगरपालिका समेत धर्ना दिएका थिए ।

प्रकाशित मिति: २०२३-१२-१४ , समय : ०३:२५:४६ , १ वर्ष अगाडि