स्थानीय सरकारको सेवा प्रवाहको अवस्था बुझदै युवा

रेडियो गौशाला , ३४३५  पटक हेरिएको

हरिवन– सर्लाहीको हरिवनमा स्थानीय युवाहरुको सकृयतामा स्थानीय सरकारको सेवा प्रवाहको अवस्थाबारे सर्वेक्षण सुरुभएको छ ।

स्थानीय शासन प्रकियामा युवा संलग्नता प्रवद्धन प्रोयल परियोजना अन्तर्गत नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधा नागरिक मैत्री रहे नरहेको सर्वेक्षण सुरु गरिएको सहभागि युवा विपुल कुशवाहले जानकारी दिए । बेला बखत स्थानीय सरकारले प्रवाह गर्ने सेवा सुविधाको बारेमा विभिन्न कुरा बाहिर आउने गरेको भएपनि तथ्यांक गत रुपमा पहिलो पटक संकलन गर्ने प्रयास गरिएको उन्को भनाई थियो ।

यस सुझाव तथा अवस्था संकलनको लागि सुशासन अभ्यासकर्ता बिपुल कुशवाहा, अस्मिता परियार, अन्जिता भुजेल, रोहन श्रेष्ठ र जनक तामाङ खटिएका हुन् । उनीहरुले पहिलो चरणमा हरिवन नगरपालिकाको ११ वटा वडामध्ये वडानम्बर ५, ६, ७, ८ को टोल टोलमा पुग्ने उल्लेख गरिएको छ । यसरी संकलन गरिएको नागरिक मत तथा सुझावको आधारमा प्रतिवेदन सहित सरोकारवालासंग अन्तरक्रिया गरिने सुशासन अभ्यासकर्ता बिपुल कुशवाहाले बताए ।

यस सुशासन अभ्यासकर्ताले आवश्यकताको आधारमा सरोकारवालाहरुलाई ध्यानाकर्षण सहित खबरदारी समेत गर्ने उल्लेख छ । यस पालिकामा युरोपियन युनियनको आथिर्क सहयोग, हेल्भेटास नेपाल र हरिवन नगरपालिकाको सहकार्यमा, सहयोगी समाज नेपालले “स्थानीय शासन प्रक्रियामा युवा संग्लाङता प्रबद्रन“ कार्यक्रम संचालन गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-१२-१९ , समय : १२:२४:१३ , ११ महिना अगाडि