आफूले पढाएको सम्झना : विद्यालयमा झण्डा स्तम्भको शिलान्यास

रेडियो गौशाला , १७२१३  पटक हेरिएको

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका वडा नं.११ स्थित श्री नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय बहादुरगन्ज ७ को प्राङ्गणमा झण्डा स्तम्भको शिलान्यास गरिएको छ ।

सोही विद्यालयमा अध्यापन गराउदै आई रहेको किशोरी राय यादवले ६० वर्ष पूरा गरेको अनिवार्य अवकाश पछि विद्यालयको प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा स्तम्भ निर्माणको शिलान्यास गरिएको छ ।

शिलान्यासमा किशोरी राय यादव र उनको श्रीमती पार्वती देवीले शिलान्यास पुजा गरि परम्परा अनुसार कर्मनिष्ठा पुर्वक पुजा गरेका छन् ।

आफूले पढाएको सम्झनामा यस विद्यालयमा निर्माण गर्ने झण्डा स्तम्भको सम्पुर्ण खर्च बेहोर्ने यादवले बताए ।

सो शिलान्यास कार्यक्रममा विद्यालयको प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, समाजका अगुवा तथा युवाहरु उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति: २०२३-१२-२५ , समय : २०:०३:२२ , ६ महिना अगाडि