मन्दिरलाई ट्रस्टमा लैजानु पर्ने मागसहित हस्ताक्षर अभियान सुरु

रेडियो गौशाला , १५८३८  पटक हेरिएको

जनकपुरधाम । हिन्दुधर्माबलम्बीहरुको आस्थाको केन्द्र जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरलाई ट्रष्टमा लैजानु पर्ने मागसहित हस्ताक्षर अभियान थालिएको छ । जनकपुरधामको जनकचोकमा नागरिक युवा समाज जनकपुरधामले हस्ताक्षर अभियान थालेको हो ।

महन्थले मन्दिरमा चढ्ने भेटीको हरहिसाब पारदर्शी नगर्ने, मन्दिरलाई राम्ररी व्यवस्थापन गर्न नसक्ने तथा महन्थ र सहमहन्थकै बीचमा बेलाबेला भइरहने बिबादले मन्दिरको गरिमामाथि आँच पुगेको भन्दैहरु ट्रस्टमा लग्नु पर्ने माग युवाहरुले गरेका छन् ।

जानकी मन्दिरलाई ट्रस्टमा लगेर संचालन गर्नुपर्ने मागसहित निन्तर दबाबमूलक कार्यक्रम अघि बढिरहने अभियानका अध्यक्ष धर्मेन्द्र साहले बताए ।

प्रकाशित मिति: २०२३-१२-२९ , समय : २१:३५:३७ , ६ महिना अगाडि