रेडियो गौशाला , ३१६९ पटक हेरिएको

बर्दिबास । नेपाल कराते महासंघ मधेश प्रदेशको आयोजनामा महोत्तरीको बर्दिबासमा दुई दिने रेफ्रि सेमिनार सुरु भएको छ ।
सेमिनारमा मधेश प्रदेशका ८ वटै जिल्लाका कराते प्रशिक्षकहरुको सहभागीता रहेको नेपाल कराते महासंघ मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरले जानकारी दिएका छन ।
सेमिनारमा सहभागीलाई नेपाल कराते महासंघका उपाध्यक्ष तथा तथा रेफ्रि संयोजक प्रकाश धौडेवालले प्रशिक्षण दिएको नेपाल कराते महासंघ मधेश प्रदेशका रेफ्रि संयोजक चित्र बहादुर पुलामीले जानकारी दिएका छन् ।

मधेश प्रदेशमा करातेका सफल रेफ्री तथा निर्णायक उत्पादन गर्ने अभियान अनुसार रेफ्रि सेमिनारको आयोजना गरिएको नेपाल कराते महासंघ मधेश प्रदेशका सचिव कसम लामाले जानकारी दिए ।
रेफ्रि सेमिनारमा नेपाल कराते महासंघ मधेश संग आवद्ध विभिन्न अफिसियल करातेका प्रशिक्षक तथा रेफ्रिहरुको सहभागिता रहेको छ । सेमिनार शनिवार साझ सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२३-१२-३० , समय : ०८:०४:१३ , १ वर्ष अगाडि