रेडियो गौशाला , २३८२ पटक हेरिएको
सुनिता बराल, महोत्तरी । महोत्तरी प्रहरीले फैसला कार्यान्वयनसम्बन्धी विशेष अभियान अन्तर्गत ३२ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
फौजदारी तथा देवानी मुद्दामा कैद र जरिवाना सजाय पाएका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत महोत्तरीमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।
आगजनी, जालसाजी,वन , अभद्र व्यवहार, कुटपिट र अंगभंग लगायतका मुद्दामा २ सय जरीवाना देखि कैद सजाय पाएका तर अदातलमा हाजिर नभएका व्यक्तिहरुलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको गिरीले बताए ।
जिल्ला अदालत महोत्तरीका अनुसार फैसला भइ सजाए पाएका ३५ सय बढी प्रतिवादी अहिलेपनि फरार सुचिमा छन् । पछिल्लो एक हप्तामा १० महिनादेखि ११ वर्षसम्म फरार रहेका ३२ जना प्रतिवादी प्रहरीले पक्राउ गरेको गिरीले बताए ।
अदालतले फैसला गर्ने र सजाय पाएका मानिस समाजमा हिडिराख्दा फैसला कार्यान्वयन नभएको र सजाय पाएका मानिसले सजाय भुक्तान नगर्दा न्याए नपाएको पिडितको गुनासो आएकाले एक हप्तादेखि फैसला कार्यान्वयन सम्बन्धि विशेष अभियान महोत्तरी प्रहरीले संचालन गरेको डिएसपी गिरिले जानकारी दिए । स्रोत : कान्तिपुर
प्रकाशित मिति: २०२३-१२-३० , समय : ०८:०७:५९ , ९ महिना अगाडि