बर्दिवास नगर पत्रकार संजालको कार्यालय स्थापना

रेडियो गौशाला , २८२८  पटक हेरिएको

रोशन कुमार महतो, बर्दिबास । औपचारिक स्थापना भएको ४ बर्षपछी बर्दिवास नगर पत्रकार संजालले आफ्नै कार्यालय स्थापना गरेको छ ।

नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले कार्यालयको उदघाटन गरेर आज औपचारिकता दिएका हुन् । अघिल्लो स्थानीय सरकारले कार्यालय स्थापनार्थ सहयोग गरेको सामाग्रीहरु राखेर संचालनमा आएको कार्यालयवाट नै अव पत्रकारहरुले आफ्ना नियमित काम गर्न सक्ने संस्थाका अध्यक्ष गोपाल बरालले जानकारी दिए ।

कार्यालयमा पत्रकारहरुको लागी आवस्यक कुर्सी, टेवल, इन्टरनेट तथा प्रिन्टर समेत राखिएको छ । बर्दिवास(१ स्थित एभरेष्ट पब्लिक विद्यालयसँगै रहेको उक्त कार्यालयलाई सुचना केन्द्रकोरुपमा विकास गरिने पनि नगर पत्रकार संजालले जनाएको छ ।

नगर भित्र रहेर विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुले संचार सामाग्रीहरु अव संजालको कार्यालयवाट नै उत्पादन गर्न सक्ने संजालका सचिव बिशाल बस्नेतले वताए ।

आवाजविहिनहरुको आवाजलाई बुलन्द गर्न नगर पत्रकार संजाल महत्वपुर्ण संजाल वन्न सक्ने बिस्वास ब्यक्त गर्दै नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगर क्षेत्रमा रहेका पत्रकार र पत्रकारितालाई संस्थागत विकास गर्न सधै तत्पर रहेको वताए ।

सामाजिक उत्तरदायित्व सहितको निगरानीमा नगर पत्रकार संजाल महत्वपुर्ण पहरेदार वन्ने र निमुखाहरुको आवाज मुखरित गर्ने ससक्त माध्यम संजाल नै बन्नुपर्ने वडा अध्यक्ष भोला खड्काको भनाई छ ।

यता नगर पत्रकार संजालका संस्थापक सचिव राजकरण महतोले यो आर्थिक वर्षमा नै नगरपालिकाले संजालको आफ्नै भवन निर्माण गर्न सक्ने वातावरण वन्न सक्ने भूमिका खेलिदिन नगरप्रमुख समक्ष अनुरोध गरेका छन् ।

प्रकाशित मिति: २०२३-१२-३० , समय : ०८:०९:०२ , २ महिना अगाडि