भंगहाका विद्यालयमा तीन दिने जाडो बिदा

रेडियो गौशाला , ३२७७  पटक हेरिएको

गौशाला । महोत्तरीको भंगहा नगरपालिकाले तीन दिनका लागि विद्यालयहरुमा जाडो बिदा दिएको छ ।

भंगहा नगरपालिकाले एक सुचना जारी गर्दै सो बिदा दिएको हो । बढ्दो सीतलहरका कारण चिसो अत्याधिक बढेको हुनाले सो प्रतिकुल मौसमका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै हिउँदे बिदाबाट कट्टा हुने गरि नगरपालिका अन्तर्गत सञ्चालित सम्पुर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन कार्य मिति २०८०÷०९÷१७ गते देखि २०८०÷०९÷२० गते शुक्रबारसम्म’ बन्द रहने भंगहा नगरपालिकाका शिक्षा अधिकृत नर बहादुर पाख्रिनले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०१-०१ , समय : १२:४१:०६ , २ महिना अगाडि