रेडियो गौशाला , ५५६ पटक हेरिएको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडाहरूमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ ।
काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सो निर्णय गरिएको औपचारिक जानकारी दिइन् ।
बुधबार काठमाडौँमा आयोजित ‘काठमाडौँ महानगरपालिका, वडा महिला सञ्जाल: गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ता भित्र सबै वडाहरूमा गठन गरिसक्न पनि वडाहरूलाई निर्देशन दिइन् ।
महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहनु भएकी उपमेयर डङ्गोलले सो सञ्जालमा काम गर्दाखेरी पुरुषहरूमाथि कुनै पनि किसिमको विभेद नहुने पनि पटक-पटक दोहोर्याइन् ।
काठमाडौँ महानगरपालिकाले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरूमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डङ्गोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन् ।
प्रकाशित मिति: २०२२-११-०३ , समय : ०८:३५:४६ , २ वर्ष अगाडि