महोत्तरीमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका युवक पक्राउ

रेडियो गौशाला , १२८८  पटक हेरिएको

गौशाला – महोत्तरी प्रहरीले मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका– १ लक्ष्मीबास बस्ने २६ वर्षीय हिरेन्द्र महरा चमार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बुधबार बिहान करिब २ बजे गौशाला नगरपालिका –४ रजखोरस्थित विनोदकुमार सिंहले आफ्नो घर आँगनमा पार्किङ गरी राखेको ज ९ प ३५५ नम्बरको डिस्कभर मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा चमारलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

चमारलाई गौशाला– ७ स्थित सम्सी माईस्थान सडक खण्डमा मोटरसाइकल चलाई लगिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहान ८ बजे नियन्त्रणमा लिएको हो यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-११ , समय : ०७:४९:३० , १ महिना अगाडि