चिसो बढेपछि निःशुल्क चिया वितरण

रेडियो गौशाला , २८३०  पटक हेरिएको

सर्लाही । शीतलहरको कारण चिसो बढेपछि सर्लाहीको हरिवनका एक व्यवसायीले स्थानीयलाई निःशुल्क चिया वितरण गरेका छन्।

हरिवन बजारमा चिया उद्योग सञ्चालन गर्दै आएका कमल सुवेदीले शुक्रबार बिहान हरिवन बजारमा निःशुल्क चिया र विस्कुट वितरण गरेका हुन्।

उद्योग बाणिज्य संघ हरिवनको समन्वयमा सुवेदीले स्थानीयलाई चिसोबाट जोगाउन चिया बिस्कुट र आगो ताप्ने व्यवस्था मिलाएका स्थानीय समाजसेवी चुडामणि वाग्लेले जानकारी दिए। शुक्रबार बिहान भएको निःशुल्क चिया वितरण कार्यक्रममा एक सय भन्दा धेरैले चियापान गरेका छन्।

विगत केही दिनदेखि राम्ररी घाम नलाग्दा सर्लाहीसहित तराई मधेशका जिल्लामा चिसो बढेको छ। चिसो बढेपछि मधेशका धेरै स्थानीय तहले विद्यालय बन्द गरेका छन्।

प्रकाशित मिति: २०२४-०१-१२ , समय : २२:०४:५० , १ महिना अगाडि