महोत्तरीबाट अवैध उत्खननमा प्रयोग गरिएका ९ वटा टिपर नियन्त्रणमा

रेडियो गौशाला , ५८३१  पटक हेरिएको

महोत्तरी । महोत्तरीको बर्दिवास-४ स्थित जंगहा खोलाबाट अवैध उत्खननमा प्रयोग गरिएका ९ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

राति नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् र निकासी गरेको पाइएपछि टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक लोककृष्ण दाहालले जानकारी दिए । उनका अनुसार नियमविपरीत नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, माटो लगायत उत्खनन गरी लोड गरेको अवस्थामा टिपर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा रहेका उक्त टिपरलाई कारबाहीका लागि नगरपालिका पठाइएको दाहालले बताए ।

प्रकाशित मिति: २०२४-०१-१२ , समय : २३:१६:४३ , १ महिना अगाडि