सिरहा जिल्ला प्रशासन कार्यालयमै मिटरब्याजीमाथि कुटपिट

रेडियो गौशाला , २६५१  पटक हेरिएको

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहा भित्रै एक साहु कुटिएका छन् । बिहीबार मिटरब्याजपीडितहरूले कार्यालयभित्रै साहु सूर्यकुमार यादवलाई कुटपिट गरेका हुन् ।
मिटरब्याजको विषयमा छलफलका क्रममा मिटरब्याजपीडितहरुले कुटपिट गरेपछि उनी घाइते भएका छन् ।

ऋणी राजकुमार महतो र धनी यादबीच लेनदेनको विषयलाई लिएर भानाभान भएको थियो । त्यस क्रममा मिटरब्याज पीडितहरुले हातपात गरेका थिए ।

यादवबाट महतोले शुरूमा सात लाख रुपैयाँको लेनदेन गरेका थिए । एउटै लेनदेनमा तीन–तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनका लागि पटक–पटक पैसा मागेर सहमति गरेको पीडितको भनाइ छ ।

प्रकाशित मिति: २०२४-०१-१९ , समय : ०८:३२:३१ , १ महिना अगाडि