सर्लाहीमा सामाजिक सुरक्षा भत्ता लिन बैंकको लाइनमा बसेकी वृद्धाको मृत्यु

रेडियो गौशाला , ३३२१  पटक हेरिएको

सर्लाही । सर्लाहीको हरिवनमा सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन बैंक पुगेकी एक वृद्धाको मृत्यु भएको छ।

हरिवन नगरपालिका– ६ की ७७ वर्षीया शान्तमाया विकको सोमबार दिउँसो तीन बजेतिर हरिवनस्थित ग्लोवल आईएमई बैंकमा वृद्ध भत्ता लिन गएको बेला आकस्मिकरुपमा मृत्यु भएको हो।

वृद्ध भत्ता लिने लाइनमा बसेको बेला उनी अकस्मात रुपमा ढलेकी थिइन्। तत्कालै उनलाई नजिकै रहेको स्वाभिमान अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

उनको हृदयघातको कारण मृत्यु भएको अनुमान गरिएको छ।
‘सँगै रहेका आफन्तले उहाँमा मुटुको पुरानै समस्या रहेको बताएका छन्,’ इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले भने, ‘आफन्तले नै यो स्वाभाविक मृत्यु हो भनेकाले हामीले थप अनुसन्धान गरेका छैनौँ।’

प्रकाशित मिति: २०२४-०१-२९ , समय : १९:२८:१५ , ४ हप्ता अगाडि