नेपाल राष्ट्र बैंकले १ सयको सिक्का छाप्ने

रेडियो गौशाला , १६४०  पटक हेरिएको

काठमाडौँ – नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँको सिक्का छाप्ने भएको छ। त्यसको लागि अनुमति समेत लिइसकेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले अर्थ मन्त्रालयसँग १ सय रुपैयाँ सिक्का छपाइका लागि अनुमति पाएको हो।

अब राष्ट्र बैंक अन्तगर्तको टक्सार महाशाखाले १ सय रुपैयाँको सिक्का छपाइको प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २०२४-०१-२९ , समय : १९:३०:४४ , ४ हप्ता अगाडि