सिरहाको हिमालयन सुगर मिलमा एक युवक मृत फेला

रेडियो गौशाला , २६२०  पटक हेरिएको

सिराहा- सिरहाको हिमालयन सुगर मिलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । उखु लोड भएको ट्याक्टर लिएर सोमवार बेलुका हिमालयन सुगर मिल चोहर्वा पुगेका कर्जनहा नगरपालिका वडा नम्बर ११ का २६ बर्षीय अशोक दास बिहान मृत अबस्थामा फेला परेको स्थानीयले बताएका हुन ।

सुगर मिल भित्र ट्याक्टर बाट उखु झार्न ठुलै लाइन कुर्नुपर्ने भएपछि ट्याक्टर लगाएर चालक दास मिल बाहिर गेटमा रहेको एक होटेलमा अण्डा च्युरा र रेडबुल खाएर पुन: मिल भित्र प्रवेश गरेका थिए ।

मंगलबार बिहान उनी मृत अबस्थामा भेटीएपछि दासको मृत्यु शंकास्पद रहेको भन्दै मृतकको आफन्तजनले बिहानै देखि घटनाको अनुसन्धान र क्षतिपूर्ति माग गर्दै लागि पूर्व पश्चिम राजमार्गमा अबरुद्ध गरेका छन् । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-३० , समय : १८:२६:४९ , ५ महिना अगाडि