सर्लाहीबाट नक्कली नोटसहित श्रमान्– श्रीमती पक्राउ

रेडियो गौशाला , १५४९  पटक हेरिएको

सर्लाही, १७ माघ । सर्लाहीको मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रूपैयाँ दरको २ वटा नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् । 

उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा बाद-बिवाद भईरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति: २०२४-०१-३१ , समय : २०:२०:२१ , ३ हप्ता अगाडि