बाराबाट दश किलो गाँजासहित पक्राउ

रेडियो गौशाला , २७८२  पटक हेरिएको

बारा, १७ माघ । दश किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।
मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका– ७ निजलाई खानतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०१-३१ , समय : २१:४३:४० , ३ हप्ता अगाडि