गस्ती जाँदा लडेर म्यादी प्रहरीको मृत्यु

रेडियो गौशाला , ६४४  पटक हेरिएको

धादिङ, (नेस) । धादिङको त्रिपुरासुन्दरी गाउाँपलिका–१ मा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । त्रिपुरासुन्दरी–१ कै २१ वर्षीया भवानी खकुरालको गस्ती हिँड्ने क्रममा चिप्लिएर मंगलबार घाइते हुनुभएको थियो ।

घाइतेको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा लगिएकोमा उपचार हुन नसकी न्युरो अस्पताल प्रेषण गरिएको र सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । म्यादी प्रहरीको बिमा नगरिएकाले क्षतिपूर्ति नेपाल सरकारले निर्णय गरेअनुसार हुने खत्रीले बताउनुभयो ।

प्रकाशित मिति: २०२२-११-०३ , समय : ०८:५१:११ , २ वर्ष अगाडि