रेडियो गौशाला , २८६० पटक हेरिएको
बर्दिबास । “सिमसार र मानव कलयाण“ मूल नाराको साथ यस वर्ष नेपालमा बिभिन्न संस्थाले कार्यक्रम गरेर नेपाल भरी मनाएको हो ।
यसै क्रममा बन तथा बाताबरण मन्त्रालय मधेश प्रदेश जनकपुरधामको आयोजनामा २८ औँ अन्तराष्ट्रिय सिमसार दिवस धनुषाको मिथिला नगरपालिका – ९ स्थित श्री सर्वजानिक नमूना बिधालय बेंगाडावरमा अभिमुखिकरण तथा निबन्ध प्रतियोगिता कार्यक्रम गरी मनाएको हो ।
सिमसार दिवसको अवसरमा बिधार्थीहरुलाई यसको बिषयमा जानकारी तथा यसको महत्व र सिमसारको बिनासले मानव जीवनमा कसरी असर परिरहेको छ भन्ने बिषयमा बिभिन्न सलाइडको माध्यमले भू – संरक्षण अधिकृत तथा बन तथा बातावरण मनत्रालयका सूचना अधिकारी बेचन कुमार महतोले बिधार्थीहरुलाई अभिमुखिमरण कार्यक्रममा जानकारी गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै चुरे उत्थानशील आयोजना प्रमूख बर्दिवासका चुरामणि खतिवडाले भन्ने सिमसारको संरक्ष बिना हामीले स्वच्छ पानि लगायत जलासयको कल्पना गर्न नसकिने र यसको महत्त्व बुझेर यस संंरक्षणमा सबैले लागनु पर्ने बिशेष कुरामा जोड दिए ।
प्रदेश बन निर्देक मधेश प्रदेशका सुनिल कुमार कर्णले भन्ने पानीमा बसोबास गर्ने जीवजन्तुको लागि सिमसारको के महत्व छ ? यसले कस्तो किसिमको भुमिका निर्वाह गर्छ ? यस बिषयमा उहाँले बिधार्थीहरुलाई जनचेतना जगाउदै आ–आफ्नो तर्फबाट यसलाई जनचेतनाको स्तरबाट सबैले भूमिका खेल्नुपर्ने उल्लेख गरे ।
बन तथा बातावरण मधेश प्रदेश सचिव उद्धव प्रसाद घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्ने क्रमका भन्ने अहिलेको समयमा अति वृष्टि अनावृष्टि लगायतका बिभिन्न समसयाहरु देखा परिरहेको र सिमसार संग साँस्कृतिक परिस्पर सम्बन्ध पनि बिस्थापित हुदै गएको हुनाले आउने दिनहरुमा यसलाई संरक्षण सम्बद्र्धन गर्दै जानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मिथिला नगरपालिकाका उपप्रमुख सुनिता सिंह बुढाथोकीले यस कार्यक्रमले आपूmलाई नौलोपनि महसुस भएको र आउने दिनहरुमा प्रदेश र स्थानिय पालिका एकअर्का संग समन्वय गरेर सिमसारको महत्व बिषयमा बृहत कार्यक्रम गर्दै अगामी दिनमा जानुपर्ने धारण व्यक्त गरिन ।
कार्यक्रममा बन तथा बाताबरण मंत्रालयका महाशाखा प्रमुख द्वोय बिपिन कुमार झा , राजिव कुमार झा , बन अधिकृत ,लाल बाबु यादव ,संतोष कुमार यादव लगायत बन क्षेत्रका बिभिन्न पदाधिकारी उपस्थिति भएका थिए ।
कार्यक्रमका अध्यक्ष बिधालयका प्रधानाध्यापक बिश्वनाथ महतोले मंत्रालयका सबै पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै भन्ने आउने आईतवारका दिन “सिमसार र मानव कल्याण“ शिर्षकमा बिधार्थीहरु बीच निबन्ध पं्रतियोगिताको माध्यमले अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्नका लागि कार्यक्रम हुने कुरा जानकार िगराउर्दै अभिमूखिकरण कार्यक्रमलाई सम्पन गरेका हुन ।
प्रकाशित मिति: २०२४-०२-०३ , समय : १२:१९:२८ , ७ महिना अगाडि