सभामुख कपको उपाधि धनुषालाई

रेडियो गौशाला , २७०३  पटक हेरिएको

जनकपुरधाम,२० माघ । मधेस प्रदेशसभाको छैठौं वार्षिकोत्सवको अवसरमा भएको सभामुख क्रिकेट कपको उपाधि धनुषाले जितेको छ।
शनिबार जनकपुरधाम स्थित निर्माणाधिन रामजानकी बहुउद्देश्यीय रंगशालामा भएको फाइनल खेलमा धनुषाले ५ विकेटले जित्दै सभामुख क्रिकेट कप २०८० को उपाधि जितेको छ।

फाईन खेलमा पहिलो व्याटिङ्ग गर्दै सिरहाले निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन बनाएका थिए। जवाफी व्याटिङ्ग गरेको धनुषाले ३४।२ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३५ रन बनाएर उपाधि जित्नमा सफल भएको छ।

धनुषाको जितमा ४५ रन तथा ३ विकेट लिएका रुपेश यादव म्यान अफ दि म्याच भएका हुन्। सभामुख क्रिकेट कपको उपाधि जितेका धनुषा टिमलाई ट्रफीसँगै पदक, प्रमाणपत्र तथा १ लाख ५१ हजार नगद दिइएको हो।

यस्तै, उपविजेता टिम सिरहालाई ट्रफी, पदक, प्रमाणपत्रसहित १ लाख १ हजार नगद दिइएको हो। सभामुख कपमा आठवटै जिल्ला सहभागी भएको थियो।

यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका धनुषाका रुपेश यादव म्यान अफ दि सिरिज भएका हुन्। यस्तै, वेष्ट व्याट्स म्यान धनुषाकै अली अकवर अन्सारी र वेष्ट वलर धनुषाकै विक्रम कुमार यादव घोषित भएका हुन्। मधेस प्रदेशसभाको छठौँ वार्षिकोत्सव भोली विभिन्न कार्यक्रम गरि मनाउन लागिएको हो।

प्रकाशित मिति: २०२४-०२-०४ , समय : ००:०२:२३ , १ वर्ष अगाडि