सडक निर्माणमा ढिलासुस्ती भएका कारण स्थानीयद्वारा मिर्चैयामा चक्काजाम

रेडियो गौशाला , २४३१  पटक हेरिएको

सिरहा, २२ माघ । सिरहाको मिर्चैयास्थित राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।

सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको छ ।

निर्माणमा ढिलाई भएका कारण कटारी चोकमा स्थानीयहरू बिहानैदेखि सडक अवरुद्ध पारेका हुन् । मिर्चैयामा यथाशीघ्र कालोपत्रे गरिनुपर्ने स्थानीयको माग छ ।
स्थानीयले यस पटकपटक आन्दोलन गर्दै आएता पनि काममा तीव्रता पाएको छैन ।

प्रकाशित मिति: २०२४-०२-०५ , समय : २०:३१:४३ , ३ हप्ता अगाडि