मन्त्री नै हेलमेटविना बाइकमा सरर…

रेडियो गौशाला , १२०५  पटक हेरिएको

बारा । निजगढ नगरपालिका १ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए ।

मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ठुलाबढाुलाई नछुने हो की के हो भनेर प्रश्न गरेका छन् । निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उनलाई रेकेनन् ।

प्रकाशित मिति: २०२२-११-०३ , समय : ०८:५३:१० , २ वर्ष अगाडि