एमाले अध्यक्ष ओली २८ वर्षपछि जलेश्वरमा

रेडियो गौशाला , २२९०  पटक हेरिएको

महोत्तरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ वर्षपछि महोत्तरी सदरमुकाम जलेश्वर पुगेका छन्। सोमबार नेकपा एमालेको छैठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका हुन् ।

वि.सं. २०५२ सालमा पार्टीको कार्यक्रमका लागि सदरमुकाम जलेश्वर आएका थिए। त्यसपछि विविध राजनितीक उतारचढावका कारण ओली महोत्तरीको अन्य स्थानमा आए पनि जलेश्वर पुग्न सकेका थिएनन्। वि.सं. २०७२ सालमा संविधान जारी भएपछि चर्किएको मधेस आन्दोलनमा कडा आलोचना भोगेका अध्यक्ष ओली महोत्तरी आएका थिएनन्। लामो समयपछि महोत्तरी सदरमुकाम जलेश्वर आएपछि ओलीलाई पार्टीका नेता, कार्यकर्तालगायत जलेश्वरवासीले भव्य स्वागत गरेका थिए।

अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हिन्दी, भोजपुरी र मैथिली भाषामा टोपी र धोती नेपालीको शान भएको सन्देश दिए। उनले देशको चौतर्फी विकासका निम्ति हिमाल, पहाड र तराईको जनतालाई एकताबद्ध भई अगाडि बढनुको विकल्प नरहेको धारणा राखे। उनले भने, ‘अगामी २०८४ को चुनावमा फेरि एकपटक देशमा विकासको लहर ल्याउनको लागि एमालेको बहुमत आवश्यक रहेको छ।’ स्रोत : अन्नपूर्ण पोस्ट

प्रकाशित मिति: २०२४-०२-०५ , समय : २२:०७:४६ , ३ महिना अगाडि